
बेसीशहर– लमजुङमा तेजाब सेवन गर्दा एक महिला सिकिस्त बिरामी भएकी छिन् ।
सदरमुकाम बेसीशहरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएकी ३३ बर्षिय एक महिलाले गएराति करिब ११ः४५ बजे तेजाब सेवन गर्दा उनी सिकिस्त बिरामी भएकी हुन् ।
घरायसी झै-झगडा हुँदा उक्त महिलाले आफ्नै सुनचाँदी पसलमा रहको सुन गाल्ने तेजाब सेवन गरेकी थिइन् ।
उनलाई तत्काल लमजुङ अस्पतालमा उपचारका लागी लगिएको भएपनि अवस्था गम्भिर रहेको भन्दै उपचार हुन् सकेन । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महिलाको जिब्रो एसिडले जलेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ११:१२
प्रतिक्रिया दिनुहोस्