
काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
हेर्नुहोस् निगमको विज्ञप्ति :
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० २२:०९
प्रतिक्रिया दिनुहोस्