TagaroNews
मनाङका जिल्ला न्यायाधीस सिलुवाल सहित ६० न्यायाधीसको एकैपटक सरुवा
मनाङ जिल्ला अदालत

मनाङ – मनाङ जिल्ला अदालतका न्यायाधीस उत्तम सिलुवालको सरुवा भएको छ । न्यायपरिषदले जिल्ला न्यायाधीस सिलुवाल सहित ६० जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।

मनाङबाट सिलुवाल काठमाडौं जिल्ला अदालतमा सरुवा भएका छन् । सिलुवाल सरुवा भएसँगै मनाङमा बाँके जिल्ला अदालतबाट जिल्ला न्यायाधीस विदूर काफ्ले आउने भएका छन् । 

न्यायपरिषद बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।

यहाँ क्लिक गरी हेर्नुहोस सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची :

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update