TagaroNews
चिकित्सक कुटपिटको बिरोधमा लमजुङ अस्पतालमा एक घण्टा स्वास्थ्य सेवा ठप्प
घटनाको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु

बेसीशहर - चिकित्सक कुटपिटको घटनाको विरोधमा लमजुङको लमजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलीत भएका छन् । 

शुक्रबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिहान एक घण्टा आकस्मिक बाहेकको सबै स्वास्थ्य सेवा बन्द गरी घट्नाको बिरोध गरेका हुन् । बिहान १० बजेदेखी ११ बजेसम्म अस्पतालको सेवा बन्द गरी उनीहरुले बिरोध जनाएका थिए । 

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि कार्यकक्षमै सामूहिक कुटपिट भएको घटनाको विरोधमा स्वास्थ्य सेवा बन्द गरि बिरोध गरिएको अस्पतालका जनरल सर्जन डा. विज्ञान आचार्यले बताए ।

चिकित्सकहरुले पाखुरामा कालो डोरी बाधेर घट्नाको बिरोध जनाएका थिए । चिकित्सको सुरक्षाको माग सहित प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरुको माग छ । 

डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका हुन् ।

कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा. थापाको गाला र अनुहार सुनिएको छ । उनी उपचारका लागि काठमाडौं गएका छन् ।

डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु दोषी रहे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update