TagaroNews
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोह पक्राउ

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोह मध्यका अर्का एक सदस्य पक्राउ परेका छन् ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार रहेका थिए ।
फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । करिब १० महिनापछि उनी पक्राउ परेका हुन् ।

गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । उनले पछिल्लो समय यस्ता गिरोह निकै सक्रिय रहेकाले यस्ता गिरोहबाट बच्न समेत आम नागरिकलाई अपिल समेत गरे ।  

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update