TagaroNews
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं - संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनलाई बिहीबार पशुपति आर्यघाटमा उनका छोराहरूले दागबत्ती दिए । जेठो छोरा मेङ्सो र कान्छा छोरा सुहाङले दागबत्ती दिएका हुन् । लगत्तै नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । सभामुख, पूर्वसभामुख, मन्त्रीहरू, नेता–कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति थियो । 


गएको मंगलबार बिहान हृदयाघातबाट उनको निधन भएको थियो । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।


 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update