
बेसीशहर – लमजुङमा ७६ बर्षीय अशक्त बृद्धा महिलालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा राइनास नगरपालिका–६ बस्ने ५० बर्षीय बाबुराम सार्की रहेका छन् ।
प्रहरीले उनलाई जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले बताए ।
भदौ १५ गते राती घरमा एक्लै सुतिरहेकी शारीरिक रूपमा अशक्त अवस्थाकी वृद्धा महिलालाई बाबुरामले जबरजस्ती करणी गरेका थिए । उत्त बृद्धा महिलाले हार गुहार गरे पश्चात उनी घट्नास्थलबाट फरार भए ।
घट्नाबारे उजुरी पर्नासाथ तत्काल प्रहरी परिचालन गरी खोजतालास गर्दा बाबुरामलाई उनकै घरभन्दा केहि पर एकान्त जंगलमा भदौ १९ गते मंगलबार फेलापारी पक्राउ गरेको प्रहरी निरीक्षक सुवेदीले बताए ।
उनलाई भदौ २१ गते बिहिबार जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको उनले जानकारी दिए ।