TagaroNews
चेपे खोलाले बगाउँदा लमजुङका १२ वर्षीय बालक बेपत्ता
सांकेतिक तस्बिर ।

राइनास- लमजुङ र गोरखाको सिमा भएर बग्ने चेपे खोलाले बगाउँदा लमजुङका एक जना बालक बेपत्ता भएका छन् ।

लमजुङको राइनास नगरपालिका–७ ठुलो बगैँचा घर भएका १२ बर्षका युनिक चौलागाईं चेपे खोलामा बेपत्ता भएका हुन् ।साथीहरूसँग पौडी खेल्न गएका उनी बुधबार अपराह्न देखि खोलाले बगाएर बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बालक बेपत्ता भएपछि बुधबार बेलुका साढे ५ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बालकको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update