
लमजुङ – मर्स्याङ्दी नदीमा आइतबार दिउँसो भेटिएको शव अघिल्लो राती नदीमा बेपत्ता रहेका बस चालक खेमबहादुर भुलेजको रहेको पुष्टि भएको छ ।
मर्स्याङ्दी गाउँपालिका –९ स्थित सिटिभिटि कार्यालय नजिक मर्स्याङ्दी नदीमा देखिएको शव सोमबार बिहान ११ बजे मात्र निकालिएको हो । नदिबाट निकालेको शव उनका परिवार र आफन्तले पहिचान गरेपछि चालक ४० बर्षिय भुजेल नै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
शनिबार राती करिब १२ः३० बजे सोहि पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक घ १ ख ३७२ नम्बरको बस नदीमा खस्दा चालक भुजेल बेपत्ता थिए । चितवनको भरतपुर मानपा– १३ घर भइ सोहि वडाको ङादीमा बस्दै आएका भुलेजको शव सशस्त्र प्रहरी वलको चितवन कुरिनटारबाट आएको गोताखोर टोलीले र्याफटिङ बोट मार्फत झिकेको हो । सो टोलीले करिब २ घण्टा लगाएर नदिबाट शव निकाल्न सफल भएको थियो ।
आइतबार दिउँसो नदीको बिचमा ढुङ्गामा अड्किरहेको अवस्थामा शव देखा परेको थियो । नदीको वहाव ठूलो रहेको र जिल्लामा आपतकालिन रेस्क्यु टोली नहुँदा शव निकाल्न समस्या भएपछि सोमबार मात्र सो टोलीले नदिबाट शव निकाल्न सफल भएको हो ।
चालकको शवलाई आवश्यक पोस्टमार्टमको लागी लमजुङ अस्पताल बेसीशहरमा राखिएको छ ।
यो पनि..
मर्स्याङ्दी नदीमा शव फेला, लमजुङमा रेस्क्यु टोली नहुँदा उद्धारमा समस्या
लमजुङमा मध्यरातमा मर्स्याङ्दी नदीमा बस खस्यो, चालक बेपत्ता