
लमजुङ – मध्यरातमा लमजुङमा मर्स्याङ्दी नदिमा बस खस्दा चालक बेपत्ता भएका छन् । बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–७ मा पर्ने बालुवा पहिरो नजिकै गएराती करिब १२ः ३० बजे घ १ ख ३७२ नम्बरको बस नदिमा खसेको हो ।
बस चालक चितवनको भरतपुर मानपा-१३ घर भइ हाल मर्स्याङ्दी गापा–७ ङादी मा बस्ने अन्दाजी ४० बर्षका खेमबहादुर भुलेज बेपक्ता रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार घट्ना राती भएपनि बिहानमात्र प्रहरी घट्नास्थलमा पुगेको छ । बसमा अन्य दुई जना यात्रु रहेपनि उनीहरु भने, दुर्घटनाभन्दा पहिले नै झरेको बुझिएको छ ।
नदिमा खसेको बसको आधा भाग मात्र देखिएको छ । बसलाई स्थानीय हाइड्रोपावरको क्रेन मार्फत नदिबाट निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
घट्नाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १०:२३
प्रतिक्रिया दिनुहोस्