
लमजुङ - नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणालाई अंग नबनाएसम्म अमेरिकी मिलिनियम च्यालेन कपोरेसन (एमसीसी) कार्यान्वयन नहुने बताएका छन् ।
बुधबारदेखि एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा आउँदै छ । उनले सामाजिक सञ्जालमार्फत नेपालको सार्वभौम अधिकार सम्पन्न संसद्ले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको समेत बताएका छन् ।
माओवादी व्याख्यात्मक घोषणा अंग नबन्दासम्म एमसीसी कार्यान्वयन गर्न नहुने पक्षमा रहेको बताएका छन् ।
‘आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रुपमा, लिखित रुपमा १२ बुँदे स्वीकारेको देखिएको छैन । एमसीए नेपालले पनि १२ बुँदे सर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रुपमा एमसीसी परियोजना कार्यन्वयनको कुरा उठाइरहेको छ,’ उनले लेखेका छन्, ‘ने.क.पा.(माओवादी केन्द्र)को प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसीसी सम्झौताको लिखित अंग नबनाउदासम्म एमसीसी कार्यान्वयन हुन सक्दैन । हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसद्ले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही–कसैलाई छैन ।’
एमसीसी व्याख्यात्मक घोषणा गरी २०७८ फागुन १५ गते संसद्बाट पारित भएको थियो ।
उनको स्टाट्स लिंक...
सार्वभौम_अधिकार_सम्पन्न_संसदले_जारी_गरेको_१२_बुँदे_घोषणाको_अबज्ञा_गरेकै_हो_?