TagaroNews
लमजुङमा पाउँदीखोलाले बगाएर एक बालकको मृत्यु
सांकेतिक तस्बिर

सुन्दरबजार – लमजुङ भएर बग्ने पाउँदी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

पाउँदी खोलाले बगाउँदा सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौरका १० बर्षिय समर्पण परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनी शुक्रबार दिउँसो करिब पौने २ बजे साथिहरुसँग खोलामा पौडी खेल्न गएका थिए ।

सुन्दरबजार-६ र तनहुँको भानु नपा-११ मानेचौका जोड्ने मोटरेवल पुल नजिकै बालकलाई खोलाले बगाएको देखेर स्थानीयले उद्धार गरेपनि मृत्यु भैसकेको घट्नास्थलमा पुगेका सुन्दरबजार प्रहरी चौकीका प्रमुख रामकृष्ण अधिकारीले बताए ।

उनी सुन्दरबजार–६ स्थित आदर्श प्रावि सित्तलचौतारीमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । परिक्षा विदाको समय पारेर केहि साथिहरुसँग उनी पौडी खेल्न गएका थिए ।

बालकको शव सदरमुकाम स्थित लमजुङ अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । 

 


स्थानीय र प्रहरीले उद्धार गरेको वालकको शव ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update