
बेसीशहर – अबरुद्ध बेसीशहर - चामे सडक सुचारु भएको छ ।
सडक खण्ड अन्तर्गत बेसीशहर नपा–६ स्थित खरखरे भिरको पहिरो पन्छाएसँगै अपराहन्न ४ बजेबाट सडक पूर्ण सञ्चालनमा आएको डुम्रे बेसीशहर चामे सडक योजनाले जनाएको छ ।
लगातारको बर्षाले बिहीबार बिहिनै सडकखण्डको ठाउँठाउँमा पहिरो चलेपछि यातायात सेवा पूर्ण ठप्प रहेको थियो ।
अन्य साना पहिरो पन्छाएपनि खरखरे र च्याम्चेको बक्स कटिङको ठूलो पहिरो पन्छाएपछि मात्र सडक पूर्णरुपमा खुलेको हो ।
लमजुङ खण्डमा दैनिकजसो पहिरो चल्दा जोखिम बढेकाले सडक हुँदै यात्रा गर्ने यात्रु र सवारीसाधनलाई बिशेष सावधानी अपनाउन समेत सडक कार्यालयले अनुरोध गरेको छ ।
यो पनि..
बेसीशहर–चामे सडक पुनः अबरुद्ध, लमजुङ खण्डमै जोखिम
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १६:१९
प्रतिक्रिया दिनुहोस्