TagaroNews
काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु 

काठमाडौं - काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनीका लागी छुटेको यात्रुबहाक बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

घाइते ८ जनाको उद्धार भएको छ। गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।

घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ। 

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । घटनाबारे विस्तृत विवरण आउँदै छ। 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update