
लमजुङ– देशमा विद्यमान आर्थिक संकट र त्यसबाट व्यवसायमा परेको प्रत्यक्ष मार लमजुङका व्यवसायीहरुले पनि खेपेका छन्। कतिपयलाई त व्यापार व्यवसाय ठप्प गर्नुपर्ने बाध्यता चुलिसकेको छ ।
यस्तो अवस्थालाई मध्यनजर गर्दै लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले भने, आफ्नो घरमा बहालमा व्यावसाय संचालन गर्ने व्यवसायीलाई घरभाडा घटाइदिएका छन् । सदरमुकाम बेसीशहरको शेरामा घर रहेका सिलवालले आगामी बैशाख देखि १२ प्रतिशत सम्म घर बहाल रकम घटाउने घोषणा गरेका हुन् ।
फेसबुक मार्फत एक स्टाटस लेख्दै उनले घरमा व्यवसाय सञ्चालन गरेका मुनमुन गुप्ता, सरोज मजाकोटी, देव लामा र मनोज जोशीलाई भाडा घटाइदिने घोषणा गरे । उनले भनेका छन् ‘हालको आर्थिक अवस्थामा सुधार नआएसम्म यो नियम लागु हुन्छ, व्यवसायीको मर्का पनि बुझ्नु पर्छ ।’
देशको अर्थतन्त्र खस्केको अवस्थामा देशभरका व्यावसायीहरु प्रभावित रहेकाले घर भाडा भएपनि घटाउने कार्यको सुरुवात आफैबाट गरेको उनले सुनाए । उनले भने, ‘सवै क्षेत्रमा अहिले समस्या छ, एक अर्काको सहयोगमा जुटौँ ।’