TagaroNews
रुपा ताल जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा लमजुङका २ युवाको मृत्यु
साङ्केतिक तस्बिर

लमजुङ - कास्की जिल्लाको रुपा ताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा लमजुङका दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-३२ बाट रुपा तालतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका-६ निगालझाँप्रामा शनिबार दिउँसो करिब ३ः४५ बजे सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा लमजुङ दुधपोखरी गाउँपालिका-६ स्थित साल्मेका २९ वर्षीय कृष्ण गुरुङ र कल्तुङका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

दुर्घटनामा घाइते उनीहरुको उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकल घुम्तीमा आफै अनियन्त्रित भइ सडकमुनि खसेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update