TagaroNews
लमजुङमा ५ इन्सपेक्टर आउँदै, को–कहाँ देखी ?
जिल्ला प्रहरी कार्यालय लमजुङ । 

बेसीशहर – लमजुङ जिल्लामा कार्यरत ५ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) एकैचोटी सरुवा भएपछि अन्य क्षेत्रबाट सरुवा भएका ५ जना इन्सपेक्टर लमजुङ आउँदै छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयको निर्णय अनुरुप देशभर ९ सय ५८ जना इन्सपेक्टर सरुवा भएका हुन् । जस्मा लमजुङमा कार्यरत ५ जना इन्सपेक्टर एकैपटक सरुवामा परे ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सरुवा भई थानेश्वर चपाई जिल्ला प्रहरी कार्यालय लमजुङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा आउँदै छन् । 

यस्तै इलाका प्रहरी कार्यालय महेशपुर पश्चिम नवलपराशीबाट मेघनाथ चापागाई जिप्रका लमजुङकै मानव स्रोत व्यवस्थापन शाखामा आउनेछन् । 

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल काठमान्डौँबाट साकार राज पन्त इलाका प्रहरी कार्यालय भोटेवडार आउँदै छन् भने, राजाराम खड्का जिल्ला प्रहरी कार्यालय बागलुङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट इलाका प्रहरी कार्यालय भोर्लेटार आउँनेछन् । 

उता पूर्वी लमजुङ इलाका प्रहरी कार्यालय बिचौरमा मानव वेचविखन अनुसन्धान ब्युरो अन्वेषण योजना तथा विकास शाखाबाट श्रीराम थापा आउने भएका छन् । 

यो पनि..

लमजुङमा एकैचोटी ५ इन्सपेक्टर सरुवा, को कहाँ पुगे ?

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update