TagaroNews
लमजुङमा एकैचोटी ५ इन्सपेक्टर सरुवा, को कहाँ पुगे ?
जिल्ला प्रहरी कार्यालय लमजुङ ।

बेसीशहर – लमजुङ जिल्लामा कार्यरत ५ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) एकैचोटी सरुवा भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्णय अनुरुप देशभर ९ सय ५८ जना इन्सपेक्टर सरुवा भएका हुन् । जस्मा लमजुङमा कार्यरत ५ जना इन्सपेक्टर एकैपटक सरुवामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङको मावन स्रोत व्यवस्थापन शाखामा कार्यरत इन्सपेक्टर जगदिश रेग्मी पर्यटक प्रहरी कार्यालय बैदाम पोखरा सरुवा भए । 

यस्तै यसअघि जिप्रकामा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत रही काजमा रहेका विष्णु विक साइबर ब्युरो अन्तराष्ट्रिय समन्वय शाखा भोटाहिटी काठमाडौंमा सरुवा भए । उनको ठाउँमा आएका इन्सपेक्टर बुद्धिप्रसाद सुवेदी भने, प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई सुर्खेत नेपालगञ्ज बाँकेमा सरुवा भए ।

उता इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर राजनप्रसाद तिम्सिना प्रहरी बृत्त मालीगाउँ काठमाडौंमा सरुवा भए भने, इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैया इलाका प्रहरी कार्यालय सिमरा बारामा सरुवा भए ।

इलाका प्रहरी कार्यालय बिचौरका इन्सपेक्टर बेदनारायण श्रेष्ठ भने, प्रहरी बृत्त कीर्तिपुरको अपराध नियन्त्रण शाखामा सरुवा भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update