TagaroNews
कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।

बोर्डले गत वैशाख-जेठमा लिएको परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए ।

परीक्षाफल हेर्न:
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ।

त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update