
बेसीशहर – लगातारको बर्षाका कारण अबरुद्ध बेसीशहर–चामे सडक सञ्चालनमा आएको छ ।
शुक्रबार बेलुकीदेखीको लगातार बर्षाका कारण सडक खण्डको ठाउँ–ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो ।
आईतबार देखीको लगातार प्रयासबाट स्काभेटर मार्फत पहिरो पन्छाएर अबरुद्ध सडक सोमबार दिउँसो १२ः४० बजेबाट सञ्चालनमा ल्याइएको डुम्रे–बेसीशहर चामे सडक योजनाका इन्जिनियर सुमन अधिकारीले बताए ।
सडक खुलेपनि जोखिम कायम रहेकाले सावधानी अपनाउन सडक योजनाले आग्रह समेत गरेको छ ।
सडक खण्ड अन्तर्गत खरखरे, घोप्टेभिर, रैदु खोला र च्याम्चे लगाएतका स्थानमा ठूलो पहिरो गएको र लगातार बर्षा भएकाले पनि सडक खुलाउन समय लागेको इन्जिनियर अधिकारीले बताए ।
सडक ठप्प हुँदा उत्तरी लमजुङका स्थानीय, लमजुङ हुँदै मनाङ भित्रने सवारी साधन र यात्रुहरुलाई समस्या भएको थियो ।
यो पनि...
बेसीशहर–चामे सडकको दर्जनौँ स्थानमा पहिरोः सडक पूर्ण अबरुद्ध