TagaroNews
बेसीशहर–चामे सडकको दर्जनौँ स्थानमा पहिरोः सडक पूर्ण अबरुद्ध 
पहिरोमा मोटरसाईकल कटाउने प्रयास गर्दै बेसीशहर नपा-६ का स्थानीय ।

बेसीशहर– अबिरल बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा बेसीशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । शनिबार बिहान देखीको अविरल बर्षाका कारण यो सडकखण्डको दजनौँ ठाउँमा पहिरो गएको डुम्रे-बेसीशहर-चामे सडक योजनाले जनाएको छ ।

सडक खण्ड अन्तर्गत बेसीशहर नपा–६ स्थित पुवाँ खोला नजिकै पहिरो गएको छ् भने, सोहि वडाको चनौटेको विभिन्न ठाउँ, खरखरे भिर, मर्स्याङदी गापा–४ स्थित घोप्टेभिर, स्याँगे र रामबजार बिचमा रहेको रैदु खोला, च्याम्चे स्थित अक्टोपस छहरा नजिकैको भिर लगाएत साना–ठूला गरी दर्जनौँ स्थानमा पहिरो गएर सडक अवरुद्ध रहेको सडक योजनाका इन्जिनियर सुमन अधिकारीले बताए । 

सडक योजनाको दुई वटा स्काभेटर मेसिन मार्फत सडक खुलाउने प्रयास अघि बढेको इन्जिनियर अधिकारीले जानकारी दिए । उनले भने, ‘एउटा मेसिन भलामखोला क्षेत्रमा थुनिएको छ । अब छिट्टै खरखरे भिरको पहिरो हटाएपछि बल्ल मेसिन वार पार गर्न सक्ने हुन्छ । अनि अन्य पहिरो हटाउने हो ।’

थप बर्षा नभई पहिरोको जोखिम नभए ५–६ घण्टामा पहिरो हटाएर सडक खुलाइने सडक योजनाले जनाएको छ । बर्षा भने, अझै रोक्किएको छैन् । सडक खण्ड अन्तर्गत यात्रा गर्ने यात्रु वा सवारीलाई सर्तकर्ता अपनाउन समेत भनिएको छ ।

सडक खण्ड अन्तर्गत खरखरे भिरको पहिरोमा जोखिम यात्रा गर्दै स्थानीय । 

यस्तै सडक खण्ड आसपास भएर बग्ने मर्स्याङदी नदि सहितका सहायक खोलाहरुमा पानीको बहाव बढेकाले पनि पूर्व सूचना विना नदि तथा खोला आसपास नजान समेत जिल्ला प्रशासन कार्यालय लमजुङले आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update