TagaroNews
लमजुङ र सिन्धुलीमा धेरै भारी वर्षा
फाइल तस्बिर ।

लमजुङ - लमजुङ र सिन्धुलीमा धेरै भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुई जिल्लामा पछिल्लो २४ घन्टामा धेरै भारी वर्षा भएको हो।

लमजुङको खुदी बजारमा २४ घन्टामा १३१ मिलिमिटर वर्षा हुँदा १२ घन्टामै १२३.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

सिन्धुलीको कुसुमटारस्थित मरिन खोलामा पछिल्लो २४ घन्टामा १४९.६ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो १२ घन्टामै १२४.२मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ। त्यसभन्दा माथी २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटर भन्दा बढीलाई मापन भए त्यसलाई अति भारी वर्षा भनिन्छ । 

आज दिउँसो देशभर पूर्ण बदली भई अधिकांश स्थानमा वर्षाको हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update