TagaroNews
लमजुङको राइनासमा जीप दुर्घटनाः ९ जना घाईते, चालकको अवस्था गम्भिर

राइनास– लमजुङमा जीप दुर्घटना हुँदा चालक सहित १३ जना घाईते भएका छन् । घाईते मध्य चालकको अवस्था गम्भिर रहेको छ । प्रहरीका अनुसार प्रारम्भीक जानकारी ९ जना घाईते भएको आए पनि पछि घाईतेको संख्या बढ्न आएको हो । 

दुधपोखरी गापा- ४ सामघडेरीबाट सुन्दरबजार नपा–९ भोटेवडारतर्फ आउँदै गरेको ग १ ज ६३६९ नम्बरको जीप शनिबार बिहान करिब १० बजे राइनास नपा–८ हर्राबोटमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी गम्भिर घाईते भएका चालक सुन्दरबजार नपा– ९ का ३० बर्षिय पुरन गुरुङलाई भोटेवडार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लगी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर चितवन लगिएको प्रहरीले जनाएको छ । उनको दाँया हातमा गम्भिर चोट लागेको छ । 

प्रहरीका अनुसार अन्य घाईतेहरको भोटेवडार हस्पिटलमै उपचार भैरहेको छ । घाईतेहरुको अवस्था मध्यम छ । 

जीप ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले जनाएको छ । स्थानीयका अनुसार जीपमा क्षमताभन्दा बढी यात्रु थिए । केहि यात्रु भने, सामान्य रहेकाले घट्नास्थलबाटै फर्किएका थिए ।

दुर्घटनामा परी मध्यम घाईते हुनेहरु :-
-तनहुँ भानु-९ का ४५ बर्षिय शक्ति बहादुर तामाङ
-तनहुँ भानु-८ का ६० बर्षिय खमबहादुर लामा
-तनहुँ भानु-८ का ४८ बर्षिय यमुना लामा
-तनहुँ भानु-३ का ५१ बर्षिय कृष्ण लामा 
-सुन्दरबजार-९ का ६७ बर्षिय सन्त बहादुर तामाङ
-सुन्दरबजार-७ का ४७ बर्षिय लालमाया तामाङ
-सुन्दरबजार-९ का ४२ बर्षिय सुमन गुरुङ
-सुन्दरबजार-९ का ५० बर्षिय धनकाशी तामाङ 
-भरतपुर-२ क्षेत्रपुरका २९ बर्षिय शान्ति लामा 
-भरतपुर-२ क्षेत्रपुरका ४० बर्षिय पन्चमाया लामा 
-भरतपुर-२ क्षेत्रपुरका ४५ बर्षिय मुना लामा 
-राइनास-९ का ३७ बर्षिय झलक गुरुङ

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update