TagaroNews
फलोअपः म्हेन्दो सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिएपछि न्यायिक समितिमा उजुरी

बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा रहेको म्हेन्दो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बचतकर्ताको रकम फिर्ता नदिएपछि बचतकर्ताहरुले न्यायिक समितिमा उजुरी दिएका छन् । 

आ–आफनो समस्या राख्दै पटक–पटक बचत रकम फिर्ता माग्दा समेत सहकारीले रित्तो हात फर्काएपछि बाध्य भएर न्यायिक समितिसँग गुहार मागेको बचतकर्ताहरु बताउँछन् । 

सयुक्त रुपमा ५ जना बचतकर्ताले न्यायिक समितिमा उजुरी दिँदै सहकारीले अन्याय गरेकाले सम्बन्धीत संस्थाको संस्थापक तथा सदस्यहरुलाई झिकाई बुझी न्याय दिलाई पाउँ पनि बिहिबार दिउँसो बेसीशहर नगरपालिका न्यायिक समितिमा उजुरी दिएका हुन् । 

उजुरीमा बेसीशहर नपा–६ बस्ने चन्द्रमाया घले (सदस्य नं. २२१३) ले आफनो सासु आमा बिरामी भई उपचारका लागी रकम अभाव हुँदा पटक–पटक आफनो बचत रकम लिन जाँदा सहकारीले रकम दिन नमिल्ने भनि रित्तो हात फर्काएको उल्लेख गरेकी छन् । 

यस्तै अर्का उजुरीकर्ता सोहि वडाकी शुष्मा आले (सदस्य नं. २२२३) ले हाल बाल बच्चा पोखरा स्थित पढ्दै गरेकाले स्कुल फी बुझाउने कार्यमा बाधा भई आफनो बचत रकम निकाल्न जाँदा रकम दिन नमिल्ने भनि नदिएको समस्या उजुरीमा उल्लेख गरिन् । 

अर्का उजुरीगर्दा सोहि वडामा बस्ने श्रीकला घले (सदस्य नं. २२४४) ले अर्का सदस्यद्धय मनिराम घले (सदस्य नं. २२२२) र हिरा घले (सदस्य नं. २२२०) बिच घरायसी ब्यबहार मिलाउन रकम आवश्यक परेकाले आफनो बचत लिन जाँदा रकम नदिएको उल्लेख गरेकी छन् ।

पिडित बचतकर्ताहरुले न्यायिक समितिमा दिएको उजुरी ।

दैनिक घरखर्चबाट कटाएर पछि समस्या पर्दा सजिलो हुन्छ भनि गरेको बचत अति समस्या पर्दा समेत नदिएपछि न्याय समितिमा धाएको उनीहरुको भनाई छ । उनीहरुले प्रश्न गर्दै भने ‘आफ्नै पैसा त अफ्ठयारो परेर माग्दा पाइदैन भने, बचत गर्नुको के फाइदा ? न्यायिक समितिबाट न्याय नमिले अन्य कानुनी प्रक्रियामा जाने तयारी रहेको उनीहरुले सुनाए । 

यता बेसीशहर नगरपालिका न्यायिक समितिका संयोजक एवं उप प्रमुख पद्मा गुरुङले यस विषयमा छिट्टै दुवै पक्ष बोलाएर समितिमा छलफल गराउने बताइन् । 

यसरी आफ्नो बचत रकम फिर्ता नपाउने धेरै बचतकर्ता छन् । यद्यपी उनीहरुले भने, कानुनी समाधान खोजेका छैनन् । तगारो न्युजमा यसअघि 'लमजुङको म्हेन्दो सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन छोड्यो, जोखिममा बचत' शीर्षकमा समाचार प्रकाशित भएपछि सहकारीले बुधबार पत्रकार सम्मेलन गर्दै सो समाचार भ्रामक भएको भन्दै विज्ञप्ती समेत निकालेको थियो । 

यो पनि...

लमजुङको म्हेन्दो सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन छोड्यो, जोखिममा बचत

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update