TagaroNews
सुन तस्करी प्रकरणः आज सदनमा गृहमन्त्रीले जवाफ दिने
फाइल तस्बिर।

काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ’क्विन्टल सुन प्रकरण’बारे सदनमा जवाफ दिने भएका छन् ।

आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले जवाफ दिने नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए ।

बालुवाटारमा बसेको सभामुख देवराज घिमिरेसहितको तीन दलको शीर्ष नेताको बैठपछि उठेका विषयमा सबैलाई बोल्न दिने र गृहमन्त्रीले जवाफ दिने उनले जानकारी दिए ।

सदन खोलाउने विषयमा बालुवाटारमा भएको छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित थिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update