TagaroNews
अधिवक्ता पाण्डे विरुद्ध लमजुङमा विरोध पदर्शन
प्रशासन अगाडी विरोध पदर्शनमा तामाङ र मगर समूह ।

बेसीशहर – विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध लमजुङका तामाङ र मगर समूह आन्दोलित भएका छन् । आन्दालित समूहले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडी विरोध पदर्शन गरेका छन् । 

प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् । 

सो अभिव्यक्ति तामाङ र मगर समुदायको मौलीक संस्कृति, परम्परा, प्रथाजनित अभ्यास र भावना बिरुद्ध गलत ढंगले व्याख्या गर्दै आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपधारीकरण गर्ने अभिव्यक्ति रहेको उनीहरुको आरोप छ ।  

भ्रामक र तथ्यहिन अभिव्यक्तिले आफनो समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेकाले आन्दोलित भएको नेपाल मगर संग जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होम रानाले बताए । 

सो अभिव्यक्तिलाई सच्याउन पटक–पटक आग्रह गर्दा समेत अटेरी गरेपछि गत साउन ९ गते मंगलबार प्रहरी परिषर टेकुमा उजुरी दर्ता भएको थियो । उजुरी दर्तासँगै अधिवक्ता पाण्डे बिरुद्ध पक्राउ पुर्जी समेत जारी भयो । तर, लामो समयसम्म पक्राउ नै नगरेपछि अहिले दवावसहित विरोधमा उत्रीएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होम राज तामाङले बताए । 

दुवै समूहले सयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत सोमबार गृहमन्त्रालयलाई दुई बुँदे माग सहितको ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा मार्फत विवादित अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी अभिलम्ब कारर्बाहि गर्न माग गरिएको छ । 

जिल्ला प्रहरी परिसर टेकु घेराउको क्रममा निर्घात कुटपिट गरी मानवअधिकार विरोधी व्यवहार देखाउने काठमान्डौ जिल्ला प्रहरी प्रमुख बरिष्ठ उपरिक्षक दान बहादुर कार्की र संलग्न प्रहरीलाई कारबाही सँगै घाइतेहरुलाई उपचारखर्च र क्षतिपुर्ती दिलाउनुपर्ने समेत माग छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update