TagaroNews
जिम्मेवारीबोध गरी मेयर शाहलाई  सचेत गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं – सरकारले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डौ उपत्यकाको फोहोर उठाउने जिम्मा पालिकाको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाण्डौ महानगरका मेयरको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताए । उहाँले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको जानकारी दिए।

उनले भने, ‘सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाण्डौ महानगरका मेयरले घोषणा गर्नुभएको विषय नीतिगतरूपमा काठमाण्डौ उपत्यकाका फोहोर पालिकाले उठाउने भन्ने नीतिगत व्यवस्था हो । त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन । त्यसैअनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल छ ।’

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update