TagaroNews
अब पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै, विभाग धाउन नपर्ने 

काठमाडौँ - अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनुनपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो ।

विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे । 

यो सेवा लिन अब अनलाइनबाट घरमै बसी बसी गर्न सकिने छ । यसले काठमाडौं बाहिरबाट आउने सेवाग्राहीको हकमा ठूलो आर्थिक भार घटाएको छ ।

विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update