TagaroNews
जुवाको खालमा लमजुङ प्रहरीको छापा, लाखौं रकमसहित २२ जुवाडे पक्राउ
तस्बिर फाइल

बेसीशहर - लमजुङ प्रहरीले जुवाको ठूलो खालबाट लाखौँ रकम सहित २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

बिहिबार राती जिल्ला प्रहरी कार्यालयबाट खटिएको अप्रेशन समूहले मर्स्याङदी  गापा–९ खुदी जलविद्युत केन्द्र नजिकैको एक घरबाट लाखौँ रकमसहित जुवाडेहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ४ लाख ३७ हजार भन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु बारे खुलेको छैन् ।  

पक्राउ परेकामध्ये केहि गोरखा जिल्लाबाट आएको समेत बुझिएको छ । थप विवरण भने, आउन बाँकी छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update