TagaroNews
कांग्रेसपछि अब माओवादी केन्द्रको बैठक पनि लाइभ 

काठमाडौं -  नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ,’ उनले भने ।

यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update