TagaroNews
अब २५ लाखभन्दा बढी ऋण लिन प्यान अनिवार्य

काठमाडौँ - अब बैंक तथा वित्तीय संस्थाहरुबाट २५ लाख रुपैयाँ वा सोभन्दा बढी ऋण रकम लिँदा स्थायी लेखा नम्वर (प्यान) अनिवार्य लिएको हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि ५० लाख वा सोभन्दा बढी रकम लिएकाले मात्रै प्यान लिनुपर्ने व्यवस्था थियो । त्यस्तै समूहगत रुपमा कर्जा लिनु परे पनि २५ लाखभन्दा माथिको लागि प्यान अनिवार्य गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update