
बेसीशहर – लमजुङमा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मस्र्याङदी गापा–६ दिङदिङका ७३ बर्षिय लक्ष्मण अधिकारीको आफनै घरमा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो ।
शुक्रबार बिहान करिब ९ बजे घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगोलागी हुँदा आगो निभाउने क्रममा अचानक बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर बृद्ध अधिकारीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय र बाहुनडाँडा प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले केहि समयमै आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए । आगो निभाउने क्रममा स्थानीय ४२ बर्षिय दिल प्रसाद अधिकारी घाईते भएका छन् । उनको हातमा पोलेको र स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारका लागी लमजुङ अस्पताल बेसीशहर ल्याइएको छ ।
आगोलागीबाट अन्य क्षति नभएको बाहुनडाँडा प्रहरी चौकी प्रमुख असई रमेश श्रेष्ठले जानकारी दिए ।