TagaroNews
चिकित्सा शिक्षा आयोगविरुद्ध चिकित्सकहरूको प्रदर्शन

काठमाडौँ — चिकित्सा शिक्षा आयोगविरुद्ध चिकित्सकहरुले काठमान्डौँमा प्रदर्शन गरेका छन् ।  आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र एमडी÷एमएस‚ एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलमा मंगलबार चिकित्सकहरूले आयोगका पछिल्ला कदममाथि विरोध जनाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 

प्रदर्शनकारीले ‘मेहनत र मेरिटको सम्मान गर’‚ ‘एमईसीले बुझ्ने कहिले हो‚ दुईभन्दा एक पहिले हो’‚ ‘अस्पतालमा डाक्टर खै मण्डला न्याय माग्न पुग्या छन’ लगायतका प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए ।

अदालतको आदेशको भावना र मर्मअनुसार आयोगले विश्वव्यापी परीक्षाको मेरिटोक्रेसीको सिद्धान्तविपरीत पारदर्शिता नभएको र प्राग्माटिज्मको मर्म मिच्ने गरी म्याचिङ गरिएकोप्रति नेपाल चिकित्सक संघले समेत ध्यानाकर्षण गराएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update