TagaroNews
बेसीशहरमा रोकिरहेको बस एक्कासी गुडेपछि........

बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा रोकिरहेको बस एक्कासी गुडेपछि दुर्घटना हुन पुगेको छ । बेसीशहर नपा–८ शेरा स्थित बस काउण्टर नजिक रोकिरहेको चालक बिहिन बस एक्कासी गुडेको प्रत्यक्षदर्शी बताउँछन् । 

ना ५ ख ४०८१ नम्बरको बस पृथ्वी राजमार्ग बस काउण्टर नजिकै डुम्रे तर्फ जाने यात्रुलाई चढाउन रोकिरहेको थियो । डुम्रे–बेसीशहर चल्ने उक्त बस एक्कासी गुडेर दिउँसो २ः४० बजेको समयमा करिब ३० मिटर पर पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडक नजिकैको रुखमा ठोक्कीन पुगी अड्कीएको थियो भने, दुर्घटनामा परी एक युवती गम्भीर घाईते भएकी छन् । अन्य ५ जना यात्रु सामान्य घाइते छन् ।

गम्भीर हुनेमा राइनास नपा-९ कुवापानीकी २२ वार्षिय मिस्मा गुरुङ रहेकी छन् । उनी आत्तिएर बसबाट हामफाल्ने क्रममा उनको टाउको र घाटीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । गम्भिर घाईते गुरुङलाई थप उपचारका लागी चितवन रिफर गरिएको छ् भने, अन्य लमजुङ अस्पताल लमजुङमा उपचार पश्चात घर फर्किएका छन् ।

बसमा १२ जना यात्रु थिए । चालक खोटाङ घर भई हाल तनहुँको भानु नपा- ९ बाइसजाँगर बस्ने ३० बर्षीय हेमन्त तामाङ प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update