TagaroNews
देशभर ९ हजार ४१ मेगावाटका आयोजनाले पाए उत्पादन अनुमति, गण्डकीमा कति ?

काठमाडौं - विद्युत विकास विभागले अध्ययन पुरा भएका ९ हजार ४१ मेगावाटका आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ । विभागले देशका विभिन्न स्थानमा पहिचान भएको आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको हो । 

विभागका अनुसार ६ वटा प्रदेशमा आयोजना निर्माण गर्न अनुमति दिइएको छ । गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सदूरपश्चिम प्रदेशमा पहिचान भएको आयोजनाको नाममा उत्पादन अनुमति जारी भएको विभागको तथ्यांकमा छ ।

गण्डकी प्रदेशमा २ हजार ४ सय २४ मेगावाट, कोशी प्रदेशमा २ हजार ९सय ८७ मेगावाट, बागमती प्रदेशमा २ हजार ४ सय ४५ मेगावाट, लुम्बिनी प्रदेशमा ५५ मेगावाट, कर्णाली प्रदेशमा ९ सय २३ र सूदुरपश्चिमा प्रदेशमा २ सय ७ मेगावाटका आयोजनालाई उत्पादन अनुमति पत्र दिएको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेशमा भने कुनै आयोजना पहिचान नभएको पनि विभागले जनाएको छ ।

विभागले ५ मेगावाटभन्दा मुनिका २ सय १३ मेगावाटका आयोजनालाई अध्ययन अनुमति दिएको छ । यसैगरी, ५ देखि १० मेगावाटसम्मका ३ सय ३३, १० देखि २५ मेगावाटसम्मका १ सय १४, २५ देखि १०० मेगावाटसम्मका ३ हजार ३ सय ३८, १०० देखि ५०० मेगावाटसम्मका ३ हजार १ सय १४ र ५०० मेगावाट भन्दा माथिका ९०० मेगावाटका आयोजनालाई विद्युत उत्पादन गर्न अनुमति दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update