TagaroNews
हिमालपारी मनाङमा यारतुङ रौनक 
यारतुङ पर्वमा घोडा कुदाउँदै स्थानीय । तस्बिर फाइल

मनाङ – हिमालपारीको जिल्ला मनाङमा यारतुङ अर्थात घोडा कुदाउने पर्व शुरु भएको छ । मनाङको ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङबाट रौनकका साथ यो पर्व धुमधामका साथ मनाउन शुरु भएको हो ।

मनाङमा बर्खायाममा बाली लगाइसके पछि बर्सेनि घोडा दौडाएर खुसियाली मनाउने चलन रहेको छ । मनाङमा मनाइने मुख्य पर्व मध्ये यारतुङ विशेष पर्व हो । बर्षौंदेखि मनाउँदै आएको यो पर्वलाई यसबर्ष पनि निरन्तरता दिएको स्थानिय समाजसेवी विनोद गुरुङले बताए ।

यस पर्वमा मनाङवासी आफ्नो परम्परागत भेषभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । गुम्वाबाट शुरु भएको यो पर्व गाउँ परिक्रमा गर्दै जंगलमा पुजा गरी पुनः गुम्बामा टुँग्याउने चलन छ ।

यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ । यसरी पर्व मनाउँदा यहाँका स्थानियमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने किंवदन्ती रहेको गुरुङले जानकारी दिए ।

 

स्वदेशी तथा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा मनाईने पर्व यारतुङलाई पर्यटन सँग जोडेर प्रवद्र्धन गर्नुपर्ने स्थानिय बताउछन् । पर्यटकहरु पुरानो सस्कृति, सम्पदा र परम्परामा आकर्षित हुने भन्दै यस्ता पर्वहरुलाई पर्यटन सँग जोडेर जिवित राख्नुपर्ने स्थानियको भनाई छ । 

माथिल्लो मनाङ सँगै टंंकी मनाङ, खाङसार, भ्राका, ङावल, पिसाङ र घ्यारुका स्थानीयले छुट्टाछुट्टै यारतुङ पर्व मनाउने गर्दछन् ।

जिल्लाका साविक १३ गाविसमध्ये माथिल्लो मनाङमा सात गाविस रहेका छन् । साविकका सातवटै गाबिसमा यारतुङ पर्व मनाउने चलन छ । यारतुङमा पुरानो संस्कृतिको जगेर्नाका लागि स्थानियले प्रतियोगिता समेत गर्ने गर्दछन् । 


 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update