TagaroNews
अब विदेश भ्रमण जानेलाई २५ सय डलरसम्म सटही सुविधा 

काठमाडौं - सरकारले विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गर्दै डलर सटही सुविधामा उल्लेख्य छूट दिएको हो ।

भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको छ । यसअघि यो सुविधा १५ सय डलर रहेको थियो ।

सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update