TagaroNews
प्रधानमन्त्री दाहाल इटली प्रस्थान, खड्का कार्यवाहक प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि इटली गएका छन् ।

प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् । शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update