TagaroNews
नेकपा एस तनहुँ अध्यक्ष कार्की एमालेमै फर्किए

दमौली- नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरि जिल्ला अध्यक्ष कार्की सहित चार जनालाई एमालेमा फर्काएको हो ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । त्यसक्रममा समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्न नसक्ने कार्कीले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update