TagaroNews
सत्तापक्षकै नेताले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा 

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले १०० किलो सुन प्रकरणमा गृहमन्त्रीको पनि नाम मुछिएको भन्दै उनले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्।

एक सय किलो सुन काण्डमा माओवादी केन्द्रका नेता कृष्ण महरा, एमाले अध्यक्ष केपी ओलीको नामसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि नाम आएको बताए। उनले भने, ‘उहाँको राजीनामा माग्न जाऔं। हाम्रा नेताको नाम आउँदा जाने अहिले जाने कि नजाने ?’

साथीहरु आफ्नै नेता र सभापतिलाई खुइल्याउनतिर लागेको भन्दै उनले असन्तुष्टि पनि जनाए। ‘भक्तपुरमा नारायणमान बिजुक्छेको पार्टी छ। उहाँलाई सबैलाई चिन्छन्। तर उहाँको पार्टीमा कोको छन् भन्ने थाहा छैन। हामीले आफू पपुलर भएर बनाउने त्यही सानो पार्टी हो ? नेता जो पनि बन्छन् र राजनेता बन्नुपर्छ। राजनेता बन्न त्याग तपस्या चाहिन्छ।’ समस्या सिर्जना गर्ने मात्रै होइन, समधान गर्ने मान्छे राजनेता हुने उनको भनाइ थियो।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update