
काठमाडौं - राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद गरेको छ । विभागले सुनसहित एक जना भन्सार एजेण्ट र ड्राइभरलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार मोटर पार्ट्समा लुकाएर सुन ल्याइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त मोटर पार्ट्सको हिजै (मंगलबार) जाँच पास गरेको थियो । भन्सार कार्यालयका कर्मचारीले ठूलो परिणामको सुन जडित मोटरका पार्ट्सको कसरी जाँच पास ग¥यो भन्ने विषय रहस्यमय बनेको छ ।
सुन ठूलो परिणाममा भए पनि राजस्व अनुसन्धान विभागले सोबारे केही खुलाउन चाहेन। स्रोतका अनुसार झण्डै ८० देखि १०० किलो सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले यस विषयमा अनुसन्धान गरिरहेको छ । थप विवरण भने, आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० २३:१९
प्रतिक्रिया दिनुहोस्