TagaroNews
लमजुङ कारागारबाट पटक–पटक किन भाग्छन् कैदीबन्दी ? 
रातारात कारागारबाट भागी पुनः पक्राउ परेका गुरुङ र विकसँगै लमजुङ कारागार ।

लमजुङ – गत ०७७ साल असार ३ गते बुधबार जिल्ला कारागार लमजुङबाट एक कैदीबन्दी दिउँसै फरार भए । चौकीदार समेत रहेका राइनास नपा–१० कोकेगाउँका ३० बर्षिय दिनेश परियार फरार बनेका थिए । उनलाई भोलिपल्टै (विहीबार) बेसीशहर नपा–२ भकुण्डे स्थित मर्स्याङ्दी नदि छेउमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो । उनी ०६९ पुस २२ गते देखि कर्तव्य ज्यान मुद्धामा सजाय भौग्दै आएका थिए । उनलाई जिल्ला अदालतले २० बर्षको सजाय तोकेको थियो । 

कारागारबाट यसरी कैदीबन्दी फरार भएपछि त्यतिबेला पनि कारागारभित्रको सुरक्षाबारे निकै प्रश्न खडा भएको थियो । यो घट्ना सेलाउन नपाउँदै केहि बर्षमै फेरी यस्तै घट्ना दोहोरियो । 

जिल्ला कारागारबाटै गत जेठ १८ गते विहीबार रातारात कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर एक थुनुवा र एक कैदी फरार भए । फरार भएका दुई जनामा मध्यनेपाल नपा–४ का २७ बर्षिय विनोद विकलाई करिब ९ घण्टापछि बेसीशहर नपा–२ चिसापानीको जंगलबाट प्रहरीले पक्राउ गर्‍यो । विक जवरजस्ती करणी मुद्धामा कारागार चलान थिए । 

कारागारबाट भाग्दै गरेका कैदीबन्दीलाई सिसिटिभिमा देखिएको तस्बिर ।

उनीसँगै फरार भएका गोरखा चुमनुब्री गापा–३ का ३७ बर्षिय चन्द्र बहादुर गुरुङ सोही दिन राती साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकीछिपि बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

यो घट्नाले त झन कारागारको सुरक्षा माथी प्रश्न खडा गरेको थियो । यो घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकिय अधिकृत जगदिश मिश्रको संयोजत्कमा ४ सदस्य छानविन समिति गठन गरी अनुसन्धान अघि बढाइएको थियो । सो समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालयका बरिष्ठ अनुसन्धान सहायक नरेश शाह र सशस्त्र प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रामचन्द्र जिसी रहेका थिए । सो समितिले एक हप्तामा प्रतिवेदन बुझाएको थियो । 

समितिको निश्कर्ष के आयो ? 
छानविन समितिले कारागारमा रहेका चौकिदार, सुरक्षाकर्मी, जेलर लगायतका कर्मचारीहरुसँग सोधपुछ र कारागारको सुरक्षाबारे छानविन र अनुसन्धान गरेको थियो ।

समितिले कारागारको जिर्ण भौतिक संरचना र कारागारमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको लापरर्वाहीले घट्ना हुन पुगेको निश्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । उनले भने ‘कारागार नै जीर्ण बनेको छ, सुरक्षाका लागी राखिएका काँडे तार र पोष्ट त झनै जीर्ण छन्, जस्ले गर्दा कारागार असुरक्षित बनेको देखिन्छ ।’ उनले छानविन समितिले निकालेको निश्कर्षको आधारमा कारागार व्यवस्थापन विभागलाई पत्राचार गरेको बताए ।

कारवाही के भयो ?
दुवै घट्नामा फरार बनेकाहरुलाई उपल्लो तहका कारागारमा पठाएको छ । अघिल्लो पटक फरार बनेका दिनेश परियारलाई भिमफेदी मकवानपुरको कारागारमा पठाइएको छ । यस्तै पछिल्लो पटक फरार रहेका मध्ये विनोद विकलाई पोखराको कारागारमा पठाइएको छ भने, अर्का थुनुवा चन्द्र बहादुर गुरुङ जिल्ला कारागारमै छन् । 

कारागारमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु सबैलाई विभागीय कारवाहीको लागि सिफारिस गरिएको र कारागारबाट अन्यत्र सरुवा गरेको प्रजिअ अधिकारीले बताए । तर, कारागारका जेलर कमलपति अधिकारी र अन्य प्रशासनका कर्मचारीलाई न कुनै कारर्वाही गरेको छ् न त सरुवा नै गरेको छ । 

घट्ना पश्चात कारागार प्रशासनले सिसिटिभि मर्मत गरेको जनाएको छ । ८ वटा सिसिटिभि मध्ये अहिले ४ वटा मात्र सञ्चालनमा छन् । कारागार भित्र रहेका पानी ट्याङ्कीलाई बाहिर व्यवस्थापन गरिएको छ भने, मुडा बुन्ने स्थान परिवर्तन गरिएको छ । साथै नयाँ शौचालयको समेत व्यवस्थापन गरिएको जेलर कमलपति अधिकारीले जानकारी दिए । 

लमजुङ जिल्ला कारागारमा हाल ८९ जना कैदीबन्दी र थुनुवा रहेका छन् । जस्मा ८२ जना पुरुष छन् भने, ७ जना महिला छन् । 

यो पनि...

लमजुङ कारागारबाट फरार दुबैजना पक्राउ

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update