TagaroNews
‘भूराजनीतिको भार’ पुस्तक साउन दोस्रो सातादेखि बजारमा

लमजुङ - मुलुकमा शक्ति–राष्ट्रको बढ्दो सक्रियतामाथि लेखिएको ‘भूराजनीतिको भार’ नामक पुस्तक यही साउन दोस्रो सातादेखि बजारमा आउने भएको छ । पत्रकार एवंम् लेखक बाबुराम विश्वकर्माद्धारा लिखित यो पुस्तकमा छिमेकी शक्ति राष्ट्रको स्वार्थले हाम्रो मुलुक कसरी गिजोलिएको छ् भन्ने कुरालाई प्रष्ट्याउन खोजेको छ । 

पुस्तकमा नेपालमा सत्ता र शक्तिका लागीमात्र राजनिति गरिरहेका पुरातनवादि नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदानको भुमरीमा फस्दै गएको यथार्थलाई स्पष्ट पारिएको छ । मुलुकको संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र निति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश निति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुन् र हुनुपर्छ भन्ने कुरालाई यस पुस्तकमा समेटिएको छ । 

लेखक विश्वकर्माले भने, ‘सरकार बदलिए पनि विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनुहुन्न । गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी हो । अन्य कुरा पुस्तकमा स्पष्ट छ ।’

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update