TagaroNews
सरकार र मिटरब्याज पीडितबीच आज तेस्रो दिन पनि वार्ता
फाइल तस्बिर

काठमाडौं - सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच आज पनि वार्ता हुँदैछ । यसअघि भएका दुई चरणका वार्ता निष्कर्षमा पुग्न नसकेपछि पुनः वार्ता हुन लागेको हो ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले हिजो पीडितहरुसँग गरेको दोस्रो वार्ता सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताएका छन् । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आ-आफ्ना धारणा राखेको जानकारी दिए । यसअघि भएको पाँचबुँदे सहमतिका विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

यसअघि पीडितहरुसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संघर्ष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमतिमा पुग्न भने बाँकी छ । काठमाडौँ आएको मिटरब्याजपीडित यो टोली दोस्रो हो।

यसअघि महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याजी पीडितको टोली आएको थियो। उक्त टोली भने सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको छ। त्यो सहमति फितलो भएको भन्दै दोस्रो टोली काठमाडौँमा वार्तासँगै संघर्ष गरिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update