TagaroNews
लमजुङमा महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवक पक्राउ
सुन चोरीमा पक्राउ परेका खतिवडा ।

बेसीशहर - लमजुङ प्रहरीले महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ घर भएका ३० बर्षिय श्याम चन्द्र खतिवडा रहेका छन् ।

उनले साउन १ गते सोमबार राइनास नगरपालिका–६ स्थित जंगलमा सुन चोर्ने मनसायले ढुकेर बसी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भागेका थिए । सोमबार साँझ साढे ४ बजेको समयमा पोखराबाट माईती घर राइनास आएकी लक्ष्मी नेपालीको पिछा गरी उनको घाँटीबाट १ तोला २१ लालको सुनको सिक्री लुटेर भागेको प्रहरीले जनाएको छ । 

घट्ना लगत्तै महिला र स्थानीयहरुले स्थानीय प्रहरी चौकीमा खबर गरेपछि केहिबेरको खोजतलासमै घटनास्थलबाट नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार खतिवडालाई मंगलबार लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 

मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update