TagaroNews
कास्की पोल्याङमा सवारी दुर्घटना अपडेट: एक युवकको मृत्यु

लमजुङ – कास्कीमा सवारी दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु भएको छ । एक गम्भिर घाईते भएका छन् । 

आज बिहान करिब ७ः१५ बजे रुपा गाउँपालिका–३ पोल्याङ ठाँटिथरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार लमजुङको मध्यनेपाल –६ भोर्लेटारका २३ बर्षिय विवेक विकको मृत्यु भएको इप्रका शिशुवा कास्कीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकलमै सवारी मध्यनेपाल –६ भोर्लेटारकै २० बर्षिय दिपेन्द्र विक गम्भिर छन् । उनीहरुमा को चालक भन्ने खुलेको छैन् । 

पोखराबाट लमजुङको बेसीशहर तर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बारको बस र विपरित दिशाबाट पोखरा जाँदै गरेको ग १५ प ८४८३ मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो । बसमा सवार सबै सकुशल छन् । घाईते दुवैलाई उपचारका लागी पश्चिमाञ्चल अस्पताल पोखरा लगिएकोमा विकेकको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । 

प्रहरीले बस र चालक विशाल गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update