TagaroNews
कास्की पोल्याङमा सवारी दुर्घटनाः लमजुङका दुई जना गम्भिर 

लमजुङ – कास्कीमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् । आज बिहान करिब ७ः१५ बजे रुपा गाउँपालिका–३ पोल्याङ ठाँटिथरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुर्ई जना गम्भिर घाईते भएका हुन् । 

पोखराबाट लमजुङको बेसीशहर तर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बारको बस र विपरित दिशाबाट पोखरा जाँदै गरेको ग १५ प ८४८३ मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा सवार सबै सकुशल छन् । 

बाईकामा सबार लमजुङको मध्यनेपाल –६ निबासी रहेको र घाईते दुवैलाई उपचारका लागी पश्चिमाञ्चल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update