TagaroNews
बेसीशहर–चामे सडक बन्द

बेसीशहर - लमजुङ र मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक बन्द गरिएको छ । सडक खण्ड अन्तर्गत मनाङको दुई वटा खोलामा काठेपुल भाँचिएकाले सो पुल, मर्मत तथा पुननिर्माणका लागी सडक बन्द गरिएको हो ।

चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठेपुल र वडा नं. ३ स्थित स्यार्कु खोलाको काठेपुल भाँचिएको डुम्रे–बेसीशहर चामे सडक योजनाका इन्जिनियर सुमन अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय मनाङले एक सुचना जारी गर्दै उक्त दुई स्थानमा तत्काल काठेपुल निर्माण गर्न लागीएकाले दुई दिन सडक पूर्ण रुपमा बन्द भएको जनाएको छ । सो स्थानमा बैकल्पिक सडक नभएकाले सवारी साधन आवतजावत पूर्ण रुपमा ठप्प भएका छन् । आज बिहिबार बिहान १० बजेदेखी भोली बेलुका ५ बजेसम्म सडक बन्द गरि तत्काल काठेपुल निर्माण गर्न लागीएको डुम्रे–बेसीशहर चामे सडक योजनाले जनाएको छ । 

सडक बन्द हुँदा दैनिक उपभोग्य सामाग्री ढुवानीमा साथै मनाङ भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update