
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित ६९ बर्षिय दाहाल लामो समयदेखि ओछ्यानमा थलिएकी थिइन् ।
दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने माओवादी केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ०९:१४
प्रतिक्रिया दिनुहोस्