TagaroNews
लमजुङको खुदी खोलाले बगाउँदा एक बालिका बेपत्ता

बेसीशहर – लमजुङमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । मर्स्याङदी गाउँपालिका–३ स्थित खुदी खोलाले बगाउँदा सोहि वडाको खुदी पूरानो बजारकी १२ बर्षिय रोशनी लामा बेपत्ता भएकी हुन् । 

साथीहरुसँग खोलामा गएकी लामालाई पौडी खेल्ने क्रममा दिउँसो ४ बजेतिर खोलाले बगाएको प्रहरीले जनाएको  छ । उनीसँगै १३ बर्षिय बबिता तामाङ र १३ बर्षकै आशा न्यौपाने पनि पौडी खेल्न गएका थिए । 

पौडी खेल्ने क्रममा बबिता ढुङ्गा माथि बसिरहेको र दुई जनालाई भने, खोलाले बगाएको थियो । आशा न्यौपानेलाई भने, खोलाले बगाएर केहि तल पुर्याउँदा नै खोलामा माछा मार्दै गरेका हरि सन्यासीले थाहा पाएर बचाएका थिए । उनको भनाईलाई उदृत गर्दै खुदी प्रहरी चौकीका सई प्रेम प्रसाद शर्माले भने, ‘रोशनीलाई भने सय मिटर तल खोलाले बगाएर मस्र्याङ्दी नदिमा मिसायो, समात्नै सकिएन ।’

पौडी खेल्न गएका ३ जना नै खुदी पूरानो बजारको रहेको प्रहरीले जनाएको छ । रोशनीलाई आफन्त, स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । रोशनी सोहि वडा स्थित अमर माविमा कक्षा ६ मा अध्ययनरत छात्रा रहेको उनका बाबु समिर लामाले बताए । उनले छोरीको खोजीकार्यमा सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update